नेपाल पत्रकार महासंघ तनहुंकी सदस्य एवं ईबाराही डटकमकी सम्पादक  सुनिता आचार्य शनिबार एक कार्यक्रमकाबीच सम्मानित भएकी छन् ।
जेसिआइ व्यास नगरको ३१औं पदस्थापना कार्यक्रमको अवसरमा आचार्यलाई सम्मानपत्र तथा नगद५ हजार सहित सम्मान गरिएको हो । आचार्यलाई जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले सम्मान गरेका हुन् ।

पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रहेको भन्दै आचार्यलाई सम्मानित गरिएको हो ।
बिगत १० बर्षदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान तथा जेसिआइका गतिविधिलाई प्रचारप्रसारमा सहयोग गरेवापत सम्मानित गरिएको अध्यक्ष पुरीले जानकारी दिए ।