मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन्।स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेकी छन् दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत पढाएकी छन्।चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ।आजकल ३० लिटर दूधको चिया बिक्री हुन्छ। सबै खर्च कटाएर मासिक कम्तीमा ५० हजार आम्दानी हुन्छ। पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ। त्यसबेला प्रतिलिटर १३ रूपैयाँमा किनेको दूध अहिले ८० पर्ने उनी बताउँछिन्।’त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपर्थ्यो, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूध मात्रैको हुन्थ्यो,’ उनले भने।त्यसबेला लोकल चिया प्रतिकप दुई र  स्पेसल तीन रूपैयाँमा बिक्री हुन्थ्यो। 

छोराछोरीलाई काखैमा राखेर चिया बेचेको उनी सम्झन्छिन्। पसलकै कमाईले दुई छोराछोरी उच्च शिक्षासम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउँछन्।कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताए। ‘त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ,’ उनले भनिन्।चिया पिउन गाउँका नेतादेखि समाजसेवीहरू उनकै पसलमा आउँछन्। चिया पिउँदै समाज र राजनीतिका बारेमा गफ गर्छन्। त्यसबाट आफूले पनि गाउँ र समाजबारे सूचनाहरू थाहा पाउने स्वामकुमारी बताउँछिन्।’चिया व्यापार अब आदत बनिसक्यो। शरीररले साथ नछाडुन्जेल यही गरिन्छ,’ उनले भनिन्।स्थानीय वलिराम राजवंशी ७६ वर्षका भए।उनी आधा घन्टा हिँड्दै स्वामकुमारीको चिया पसल पुग्छन्।’वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन,’ उनले भनिन्। बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु ,’ उनले  भने।त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी परेको राजवंशी बताउँछिन्।