सवारी ज्यान मुद्धामा फरार रहेका एक जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका वडा नं ९ गजौडे बस्ने ३७ बर्ष धर्मराज गोदार रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । तनहुँ जिल्ला अदालतबाट मिति २०८०/१०/२८ गतेको फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका गोदार २०८१/१०/१० पक्राउ परेका थापाले बताउनुभयो । गोदारलाई २ महिना कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी जनाएको छ ।
