तनहुँको ऋषिङ्ग गाँउपालिका वडा नं १ स्थित वडा कार्यलयको भवनमा ३५ दिने सिलाई कटाई तालिम सम्पन भएको छ । ऋषिङ्ग गाँउपालिका वडा नम्बर १ द्वारा आयोजिना ३५ दिने सिलाई कटाई तालिम बुधबार सम्पन भएको हो । कार्यक्रममा गाँउपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतमा सम्पन भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्ता तालिमले महिलाहरुलाई स्वजगार बनाउनुका साथै आर्यआर्जनमा सहयोग पुग्ने बताउनुभएको थियो । वडा नं १ का अध्यक्ष कुश बहादुर थापाले तालिम मात्र लिएर नहुने र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । उक्त तालिम भुमिका टेक्निकल सर्भिस प्रा लि को प्राबिधिक सहयोगमा सम्पन भएको थियो । सो तालिममा २५ जना भन्दा बढीको सहभागीता रहेको थियो ।
