व्यास नगरपालिका ५ स्थित पाटनमा मंगलबाटबाट माघ माहात्म कथा प्रवचन सुरु भएको छ। पराशर आश्रम संरक्षण समिति व्यास ५ पाटनको आयोजनामा माघ माहात्म कथा प्रवचन सुरु भएको हो । मंगलबारबाट सरु भएको प्रवचनको व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले उद्धघाटन गर्नुभएको थियो । सो प्रवचन अगामी माघ १३ गते सम्म संन्चालन हुनेछ । सो माहात्म कथा आचार्य पं कृष्णकन्त काफ्को मुखारविन्दबाट भईरहेको समितिका सचिव महेन्द्र गिरिले जनाकारी दिनुभयो । महर्षि वेदव्यास वेद विद्याश्रमलाई व्यवस्थापन एंव संञ्चालनका लागि टेवा पुर्याउने उदेश्यले कथा प्रवचन सुरु गरेको गिरिले बताउनुभयो । उक्त कार्यक्रममा सम्र्पुण नगरवासीलाई उपस्थित हुन अयोजकले अनुरोध गरेको छ।