तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा खुल्ला कौराह प्रतियोगिता हुने भएको छ । आगामी माघ २० गते खुल्ला कौराह प्रतियोगिता हुने भएको हो । कौराहा संस्कृति परम्परालाई संरक्षण गर्ने उद्देश्यले खुल्ला कौराह प्रतियोगिता आयोजना गर्न लागेको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जनाकारी दिनुभयो । उक्त प्रतियोगितामा प्रथम पुररुकार रु ७० हजार प्रमाणपत्र,द्वित्तिय पुरस्कार रु ४५ हजार प्रमाणपत्र,तृतिय पुरस्कार रु २५ हजार प्रमाणपत्र र सान्त्वना हुनेलाई रु १० हजार रुपैयाँ प्रमाणपत्र प्रदान गर्ने गाँउपालिकाले जनाएको छ।