पूर्वप्रहरी उपरीक्षक अवदेश विष्ट व्यवसायमा व्यस्त हुन थाल्नुभएको छ।नेपाल प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरी सेवा निवृत्त भएपछि पूर्वप्रहरी उपरीक्षक विष्ट यतिबेला रेष्टुरेन्ट व्यवसायमा व्यस्त हुनुभएको हो ।उहाँले सञ्चालन गर्नुभएको रेष्टुरेन्टको मुख्य विशेषता भनेको कुकर कफी हो।कुकर कफी यति बेला युवायुवतीको आर्कषण बन्दै गएकोले यो व्यवासाय संञ्चालन गरेको विष्ट बताउनुहुन्छ ।उहाँका अनुसार रेष्टुरेन्टमा स्पेशल कुकर कफी बाहेक चिकेन समोसा अर्को नयाँ टेष्ट हो ।१५ लाख रुपियाँ लागतमा उक्त रेष्टुरेन्ट संञ्चालन गरिएको उहाँले बताउनुभयो । पूर्वप्रहरी उपरीक्षक विष्टले भन्नुभयो रेष्टुरेन्टबाट दैनिक २५ देखि ३० हजारको व्यापार हुने गरेको छ ।