तनहुँको बन्दिपुर गाउँपालिका वडा नं१ डुम्रेबजार स्थित घरमा बुधबार आगलागी भएको छ। केशब अधिकारीको पक्की घरको पाँचौ तलामा अचानक आगलागी हुदा अन्दाजी ५० मुरी धान, पुराना काठपात तथा झ्याल ढोका र टिनको छानो जली नष्ट भएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । आगलागी भएको खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय आबुखैरेनी,ईलाका प्रहरी कार्यालय भानु र प्रहरी चौकी डुम्रे तनहुँबाट प्रहरी निरीक्षक समेत ३६ जना प्रहरी कर्मचारीहरु र स्थानिय मानिसहरुको सहयोगमा १२ः२० बजेको समयमा आगो नियन्त्रणमा भएको थापाले बताउनुभयो । आगो के कारणले लाग्यो भन्ने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ।
