व्यास नगरपालिकाले एचआइभी प्रभावित बालबालिकालाई पोषणभत्ता प्रदान गर्ने भएको छ । सोमबार नगरप्रमुख बैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले माघ महिनाबाट एचआइभी प्रभावित १८ बर्ष मूनिका बालबालिकालाई मासिक रु दुई हजारका दरले रकम उपलव्ध गराउने निर्णय भएको हो ।केही दिनबाट नगरपालिका भित्र रहेका यस्ता बालबालिकाको तथ्याङक संकलन गरी पोषण भत्ता बापतको रकम प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।