तनहुँको व्यास नगरपालिका वडा नं १२ तल्लो छिर्कन स्थित पृथ्वीराजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्#यु भएको छ । मृत्यु हुनेमा ऋषिङ गाँउपालिका वडा नं ६ चालिसे घर भई हाल व्यास ब्यास नगरपालिका वडा नं ५ पाटन बस्ने १९ वर्ष सन्दिप आले र ४० बर्ष मधु माया आले रहेको प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग प्र ००३–००१ प ०३१० न को मोटरसाईकल अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
