पछिल्लो समयका चर्चित मोडल हुुन् लोमश शर्मा । छोटो समयमै दर्शक स्रोताको अत्याधिक माया पाउन सफल हुन् मोडल शर्मालाई मोडलिङ्ग र मेला महोत्सवमा भ्याइनभ्याई छ । लोमशको निर्देशन तथा अभिनय रहेको ‘गोर्खे खुकुरी लाहुरे पल्टनमा…’ बोलको गीतले ७४ मिलेलियन भन्दा बढी भ्यू गएको छ । मोडलिङ्गबाट चर्चामा आएका तनहुँको व्यास नगरपालिका १२ का शर्मा मोडलिङको साथै हाल स्टेश कार्यक्रममा व्यस्त हुनु भएको छ । यस क्रममा मोडल शर्माले शुक्रबार नवौ तनहुँ महोत्सव प्रस्तुति दिनु भएको छ । स्टेजमा मोडल शर्मा उक्लिनी बित्तिकै, दर्शकको ताली र हुटिङको ओइरो लागोको थियो । लोमशको प्रस्तुति हेर्न हजारौं दर्शक महोत्सवको मैदानमा पुगेका थिए ।

मोडल शर्माले गोर्खे खुकुरी बोलको गीतको नृत्यमा दर्शक खुव रमाए । मोडल शर्मासँगै दर्शक पनि नाचेका थिए । मोडल शर्माले दर्शकको चाहाना अनुसार महोत्सवको मञ्चबाट तल झरेर दर्शकसँगै नाच्नु भयो । मञ्चबाट गायिका अस्मिता अधिकारीले त्यो काले केटाले बोलको गीत मोडल शर्मा नाचे पछि दर्शकको वान्समोरलाई साथ दिँदै गयिका अस्मिताले काले केटाले बोलको गीत पूनः गाउनु भएको थियो । लोमसँगै महोत्सवमा चर्चित गायिका अस्मिता अधिकारीको महोत्सवमा दर्शकलाई नचाउनु भएको थियो । अस्मिताले सुरुमा “रमरम मरौटी” बोलको गीत गाउनु भएको थियो । महोत्सवमा अस्मिताले ‘‘तिमी आउनु माया लाउनु …’’ “साली मन प¥यो” गीतमा दर्शक रमाएका थिए । अस्मिताले के यो माया हैन र ? काले केटाले लगायतका लोकप्रिय गीत गाएर अस्मिताले दर्शकलाई झुमाउनु भएको थियो । महोत्सवमा महोत्सवमा गायक महेश काफ्ले, उमादेवी खनाल, वृन्दा परियार लगायतको प्रस्तुति रहेको थियो ।

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार इकाईको सहआयोजनामा पुस २५ देखि सुरु भएको महोत्सव माघ ७ गते सम्म चल्नेछ ।
महोत्सवमा शनिबार प्रेमराज महत र शिला आले आउने, साँझ ५ बजे रचना रिमाल र प्रकाश दुतराजको प्रस्तुति हुने
नवौ तनहुँ महोत्सवमा शनिबार तनहुँमा जन्मनु भई हाल अमेरिका बस्ने चर्चित गायक प्रेमराजा महत आउनु हुने भएको छ । त्यसैगरी तनहुँमै जन्मिएकी गायिका शिला आलेको प्रस्तुति हुने छ । त्यसैगरी गायक श्याम राना, इन्सल सन्जाल, गायक रमेश श्रेष्ठ मेलोडीको प्रस्तुति हुने भएको छ । यसैगरी साँझ ५ बजे भने रचना रिमाल र प्रकाश दुतराजको प्रस्तुति हुने छ । साँझको टिकट भने एक सय ५० रुपैयाँ तोकिएको छ ।