चौथो ऋषिङ्ग अल्ट्रा म्यारथनको समापन समारोहसँगै ऋषिङ्ग गाउँपालिकाले रत्नहरि मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा दुबुङमा स्वास्थ्य शिविरको आयोजना गरेको थियो। शिविरमा तीन सय भन्दा बढी बिरामीहरूले स्वास्थ्य सेवा लिएका छन्। शिविरमा बाल रोग विशेषज्ञ डा. सुनिल तामाङ, मेडिकल अफिसर डा. प्रदिप थापा, र डा. राजेश गुप्ता लगायतका चिकित्सकहरूले बिरामीहरूको उपचार गरे। स्वास्थ्य शिविरमा उपस्थित अधिकांश बिरामीहरूले रक्तचाप, सुगर, हातखुटा दुख्ने, पेट दुख्ने जस्ता सामान्य समस्याहरू लिएर सेवा लिएका थिए। रत्नहरि मेमोरियल अस्पतालका व्यवस्थापक लिला बहादुर थापाले भने, “स्वास्थ्य शिविरको आयोजनाले स्थानीय समुदायलाई उपचार र स्वास्थ्य सेवासँग जोड्ने हाम्रो प्रमुख उद्देश्य हो। यसले हाम्रो समुदायलाई स्वास्थ्य सेवामा सजिलो पहुँच दिन्छ।“ रत्नहरि मेमोरियल अस्पतालका चिकित्सकहरूले बिरामीहरूलाई विभिन्न स्वास्थ्य समस्याहरूको उपचार गरेका थिए। गएको १ महिनामा मात्र उक्त अस्पतालले विभिन्न ठाउँमा गरि तीन वटा बृहत शिवरि सम्पन्न गरेको छ ।