दमौली । तनहुँको ऋषिङ्ग गाउँपालिकाले आयोजना गरेको ‘चौथो ऋषिङ्ग अल्ट्रा म्यारथन २०८१’ मा नेपाली सैनिकका हुमलाल श्रेष्ठले उपाधी जितेका छन्। ४२.२ किलोमिटरको दूरी पार गर्दै श्रेष्ठले यस म्यारथनको पहिलो स्थान हासिल गरे । प्रतियोगितामा नेपाली सैनिकका राजन येयोङबाले दोस्रो र जुनेश खड्काले तेस्रो स्थान प्राप्त गरे । प्रतियोगिता ऋषिङ्ग गाउँपालिकाको वडा नं. ८ को धारुङबाट सुरु भई वडा नं. ३ को दुबुङ भ्युटावरमा समापन भएको हो । विजेताहरुलाई पुरस्कार वितरण गदै गण्डकी प्रदेशका सांसद जितप्रकाश आलेले स्थानीय खेलकुद प्रतियोगिताहरूका साथै म्यारथनजस्ता आयोजनोंलाई समाजको समृद्धि र एकताको माध्यमका रूपमा देख्नुपर्ने बताए । उनले भने, “म्यारथन स्थानीय समुदायको सामाजिक, शारीरिक र मानसिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ । ”
जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले आयोजनोंले स्थानीय स्तरमा समृद्धि र भाइचारा बढाउन मद्दत पु¥याउने बताए । उनले भने,“ खेलकुदले युवाहरूलाई केवल शारीरिक रूपमा मात्र फिजिकल फिट बनाउन होइन, उनीहरूको मानसिक सुदृढता र समाजिक दायित्वबोधलाई पनि प्रगति दिलाउँछ।” ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भने, “हामी खेलकुदको माध्यमबाट हाम्रो गाउँपालिकालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छौं। यस प्रतिस्पर्धाले हाम्रो गाउँपालिकाको विकास र समृद्धिमा ठूलो योगदान पुर्याएको छ। हामी यो अवसरलाई भविष्यमा अझ सुधार र उत्कृष्टताका साथ आयोजना गर्न चाहन्छौं।” व्यास नगरपालिकाका संस्थापक नगरप्रमुख ताराप्रसाद श्रेष्ठले खेलकुदले युवाहरूलाई प्रभावित गर्ने सँगै समुदायलाई पनि समृद्ध बनाउन मद्दत पु¥याउने बताए ।
