प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति तनहुँ शाखाको पाँचौ सम्मेलन शुक्लागण्डकी–६ झाँगाझोलीमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट जिल्ला अध्यक्षमा अस्मिता खनाल सर्वसम्वत रुपमा निर्वाचित बन्नुभएको छ । समितिको उपाध्यक्षमा अशोक बिक,सचिवमा बिनोद ढंगाना,सहसचिवमा शुष्मा गुरुङ,कोषाध्यक्षमा सावित्रा कोइराला चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिनिता भण्डारी,सपना सेन्चुरी र अनिता गुरुङसहित ११ सदस्यीय कार्य समिति चयन भएका छन् । बाँकी तीन जना पछि थप गर्ने गरी समिति गठन भएको प्रेस सेन्टर तनहुँ शाखाले जनाएको छ । अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दीपक श्रेष्ठ जलन,नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदन,शुक्लागण्डकी नगरपालिका उपप्रमुख खुमबहादुर बिक राजु,केन्द्रीय सदस्य रामबहादुर घले,प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश अध्यक्ष अर्जुन काफ्ले,नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेल,शुक्लागण्डकी नगरपालिका अध्यक्ष शरण सापकोटा,सोही नगरपालिकाकाका निवर्तमान अध्यक्ष मनराज गुरुङ,प्रेस युनियन तनहुँका निवर्तमान अध्यक्ष अमर नहर्की ,स्वतन्त्र पत्रकार संघका जिल्ला अध्यक्ष सुरेश सेन्चुरी लगायतका वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
साथै प्रेस सेन्टर नेपाल तनहुँ शाखको पाँचौ अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनमा तनहुँका पत्रकार एवं नेपाल पत्रकार महासंघ तनहुँ शाखाका निवर्तमान अध्यक्ष उज्वल पौडेललाई कृष्णसेन इच्छुक र नेपाल पत्रका महासंघ तनहुँ शाखाकी उपाध्यक्ष अस्मिता खनालाई त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
दुबै जना पत्रकारलाई रु.पाँच हजारका दरले नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमान,कार्यक्रमका प्रमुख अतिथी प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दीपक श्रेष्ठ जलान ,पार्टीका जिल्ला संयोजक ओमराज आले मदन लगायतका नेताहरुले पुरस्कार प्रदान गर्नुभएको थियो ।