लायन्स क्लव अफ तनहुँ भानुभक्तको आयोजनामा दमौलीमा लायन्स गजल सांझ २०८१ हुने भएको छ । अगामी माघ ११ गते व्यास ३ स्थित सभाहलमा सो कार्यक्रम हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत जनाकारी गराइएको हो। सो कार्यक्रमा गजलकार प्रदिप रोदन ,गायक राज सिग्देल ,गायक नवराज थापाको प्रस्तुती रहने क्लवका अध्यक्ष हर्षमान श्रेष्ठले जनाकारी दिनुभयो ।श्रेष्ठका अनुसार समुदायमा रहेका विपन्न बालबालिकाहरुको सहज पठनपठनमा सहयोग गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । लायन्स क्लव अफ तनहुँ भानुभक्तको नाउँमा अक्षयकोष खडा गरि दिगो सेवाको काम गर्ने उद्देश्यले गजल साँझ आयोजना गर्न लागिएको क्लबका पुर्व अध्यक्ष सुरेन्द्र पौडेले जनाकारी दिनुभयो । कार्यक्रममा करिब ३ सय जनाको उपस्थिति रहने क्लवका सचिव महेन्द्र गिरीले जनाकारी दिनुभयो । कार्यक्रममा प्रवेश शुल्क ५ सय र एक हजार राखिएको छ भने विद्यार्थीको लागी आइडि कार्ड सहित आएमा ३ सय रुपैयाँको प्रवेश शुल्क रहने आयोजकले जनाएको छ ।