तनहुँको बन्दीपुर गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ। बन्दीपुर गाउँपालिकाको आयोजनामा माघ ५ गतेदेखि ७ गतेसम्म टुँडिखेलमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै विद्यालयहरूले तोकिएको इभेन्टमा आफ्ना विद्यालयका १८ वर्ष मुनिका विद्यार्थीहरूलाई प्रतियोगितामा अनिवार्य सहभागिता गराउन अनुरोध गरेको छ। प्रतियोगितामा भलिबल छात्र छात्रा हरूका लागि यस्तै एथलेटिक्स तर्फ छात्र १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४१०० मिटर र ४,४०० मिटरको रिले र छात्रातर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ४१०० मिटर र ४४०० मिटर रिले रहनेछ।यसैगरी उफ्रने र फ्याँक्नेतर्फ छात्र हाइजम्प लङजम्प त्रिपल जम्प ज्याबलिङ थ्रु ८०० ग्राम सर्टपुट १२ पाउण्ड र छात्रातर्फ आइजम्प लङजम्प त्रिपल जम्प ज्याबलिङ थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड रहने शिक्षा शाखा प्रमुख भीमप्रसाद लामिछानेले बताएका छन्।