व्यास नगपालिकाले खुला महिला हाफ म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।शहीद दिवसको अवसर पारेर माघ १६ गते प्रतियोगिता गर्ने निर्णय गरेको हो । खेलको माध्यमबाट पर्यटकीय स्थलको प्रवर्द्धन गर्न उदेश्यले हाफ म्याराथन आयोजना गरिएको व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरैले जनकारी दिनुभयो ।उहाँका अनुसार व्यास गुफाबाट व्यास ११ तनहुँसुर दरबार सम्मको खुला महिला हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिएको छ । हाफ म्याराथन दूरी २१ किमीको रहने उहाँले बताउनुभयो । हाफ म्याराथन व्यास गुफादेखि सफा सडक हुँदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गङ्गलथोक, पत्यारथोक, चण्डीथान, गद्दीचौतारा हुँदै व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा पुगेर टुङ्गिने नगरपालिकाले जनाएको छ ।