व्यास ५ पटन स्थित पाटन टोल विकास संस्थाको भवनमा प्राथमिक उपचार सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । सोमबार योगदान राष्ट्रको लागि संस्थाद्वारा व्या नपा तनहुँमा सो कार्यक्रम सम्पन्न भएको हो ।“एक घर एक प्रथामिक उपचार ”भन्ने नाराका साथ स्थापना भएको संस्थाले अकस्मात आगोले पोले,करेन्ट लागे, बेहोस भए, हृदयेघात लगाएतको प्रथामिक उपचार कसरी गर्ने सकिन्छ भन्ने विषयमा तालिम दिदै आएको छ । सो तालिमको प्रशिक्षक योगदान राष्ट्रको लागि का केन्द्रीय अध्यक्ष एंवम अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेती रहनुभएको थियो । तलिममा ३५जना भन्दा बढीको सहभागी रहेको पटन टोल विकास संस्थाका अध्यक्ष महेन्द्र गिरीले जनाकारी दिनुभयो । उक्त संस्था देशको ६०वटा जिल्लामा शाखा विस्तार भईसकेको छ भने १ लाख भन्दा बढी तलिम लिसकेका अन्तर्राष्ट्रिय प्रशिक्षक ओम उप्रेतीले बताउनुभयो ।साथै यश संस्थामा सदस्य लिन चहानेले नि शुल्क सदस्य लिन सकिने उहाँले जनाकारी दिनुभयो ।