व्यास २स्थित बालमन्दिर माध्यमिक विद्यालय युवा रेडकस सर्कलकाे आयोजनामा माध्यमिक तथा आधारभूत तह स्तरीय तनहुँ जिल्ला व्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा १९ विद्यालयको सहभागिता रहेको थियाे ।
प्रतियोगितामा सर्वज्याेति मा वि का जङ्ग बहादुर बि क प्रथम भएका छन् ।


त्यस्तै द्वितीय- सुस्मीता सारु (जन गणपति मावि), तृतीय – एलिसा आले ( महेन्द्र मावि), र सान्त्वना स्थान रन्जना गुरुङ ( बालमन्दिर मावि ) लाई पुरस्कारका लागि छनोट गरिएको थियो।त्यस्तै गरि प्रतियाेगितामा १६ विद्यालयको सहभागिता रहेको माध्यमिक तह स्तरीय, प्रथम- श्रेया थापा (शुक्ला मावि,) द्वितीय- प्रदिप थापा (जन गणपति मावि), तृतीय गणेश रामदाम ( महेन्द्र मावि), र सान्त्वना स्थान सफल बि क ( महेन्द्र मावि) लाई पुरस्कारका लागि छनोट गरिएको थियो।


३५ ओटा विद्यालय प्रतिस्पर्धी रहेको उक्त चित्रकला प्रतियोगिता कार्यक्रमलाई शिक्षक नायक गोकुल थापाले संयोजन गरेका थिए। उक्त प्रतियोगितामा बिमला गिरि , लक्ष्मी मल्ल र सुजन नेपाली निर्णायकको भूमिकामा रहेका थिए। प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारका लागि छनोट गरिएको विद्यालयलाई यहि पौष १९ गते विशेष कार्यक्रम बिच विद्यालयमा पुरस्कार बितरण गर्ने विद्यालयले जनाएको छ ।