तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हाल सम्म फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा ब्यास नपा १० फराकचौर बस्ने ५४ बर्ष टिका बहादुर दरै रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ। निजको सम्बन्धित घर वतनमा लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी रु दुई सय पचास रुपैया जरिवाना भुक्तानको लागी सम्मानीत तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
