इनरह्विल क्लब अफ दमौलीको आयोजनामा महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएकाे छ ।शनिबार व्यास ४ स्थित रन्तहरि मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य परिक्षण सम्पन्न भएकाे हाे । कार्यक्रममा व्यास नगरपालिका उप प्रमुख इन्दिरा दरैले उद्वघाटन गर्नुभएकाे थियाे ।साे अवसरमा बाेल्दै दरैले महिलाहरूले खाेलेकाे क्लवले महिलाहरूलाई नै बढी प्रथामिता दिएर विभिन्न कार्यक्रम गरेकाे देख्दा खुसी लागेकाे बताउनुभयाे ।

रत्नहरि मेमोरियल हस्पिटलका संन्चालक समितिका अध्यक्ष तारा प्रसाद श्रेष्ठ क्लवले स्थापाना काल देखि नै महत्त्वपूर्ण काम गरेकाे बताउनुभयो । क्लवकी पुर्व अध्यक्ष निर्मला मल्लले पाठेघरको क्यान्सरका कारण कतिपय महिलाहरुले आफ्नो अकालमा ज्यान गुमाउनु परेकाले समयमा यसकाे उपचार गरे निकाे हुने भएकाले शिविर गरेकाे बताउनुभयाे । कार्यक्रममा राेटरी क्लव अफ दमाैलीका अध्यक्ष जिवन कुमार श्रेष्ठ , लायन्स क्लव अफ तनहुँ व्यास सिटि का अध्यक्ष एक प्रसाद श्रेष्ठ लगाएतले क्लवले समाजमा उत्कृष्ट र सकरात्मक कार्यक्रमहरू गर्दै आएकाे र आगामी दिनमा थप सफलताकाे शुभकामना दिनुभएकाे थियाे ।

उक्त शिविरमा १सय ५० जना महिलाहरूले स्वास्थ्य परिक्षण गरेकाे क्लवका अध्यक्ष नारायणी मल्लले जनाकारी दिनुभयाे ।शिविरमा डा दिनेश शर्मा र डा बविता खड्काले परिक्षण गर्नुभएकाे थियाे ।साे शिविर क्लवका अध्यक्ष नारायणी मल्लकाे अध्यक्षता सम्पन्न भएकाे थियाे भने कार्यक्रम संन्चालन सचिव सविता श्रेष्ठले गर्नुभएकाे थियाे ।