तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा चौथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन हुने भएको छ ।“ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार” भन्ने मूल नाराका साथ यही पौष २७ गते उक्त अल्ट्रा म्याराथन गर्न लागिएको शनिबार पत्रकार सम्मेलनमा जनाकारी गराईएकाे हाे । साे अवसरमा बाेल्दै गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथन गर्न लागेकाे बताउनुभयाे । साे खुल्ला म्याराथन तर्फ प्रथम पुरस्कार रू ६५ हजार,द्वितीय पुरस्कार रु ४० हजार,तृतीय पुरस्कार रू २५ हजार र सान्त्वना हुने लाई क्रमशः१० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने उहाँले जनाकारी दिनुभयो । साे दौड सुरु भई रानीपोखरी, पुरानथोक, वडा नं ७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ , पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ ।म्याराथनमा सहभागी हुन चाहने धावकले कार्यालयमा सम्पर्क गरि फाराम भर्न सक्ने आयाेजकले जनाएको छ।
