इनरह्विल क्लब अफ दमौलीको आयोजनामा भोलि महिलाहरुको पाठेघर मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण हुने भएको छ । व्यास ४ स्थित रन्तहरि मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य परिक्षण हुने भएको हो ।महिलाहरुलाई पाठेघरको मुख क्यान्सरको उपचार आवश्यक रहेकाले यो कार्यक्रम आयोजना गरेको क्लबकी अध्यक्ष नारायणी मल्लले जनाकारी दिनुभयो । क्लवकी पुर्व अध्यक्ष निर्मला मल्लले पाठेघरको क्यान्सरका कारण कतिपय महिलाहरुले आफ्नो अकालमा ज्यान गुमाउनु परेकाले स्वास्थ्य परिक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरुले आफ्नो स्वास्थ्यमा ख्याल राख्नुका साथै यस्ता निःशुल्क स्वास्थ्य परिक्षण हुने भएकाले सम्पुर्ण महिलाहरुलाई सहभागीको लागि अनुरोध समेत गर्नुभएको छ । उक्त स्वास्थ्य परिक्षण बिहान ९ बजेबाट साँझ ५ बजे सम्म संचालन हुने आयोजकले जनाएको छ ।
