दुलेगौँडा । नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीले वडा अधिवेशनलाई तीव्र बनाएको छ । कमिटीले बुधबार नगरपालिकाको वडा न ४ कमिटीको अधिवेशन सम्पन्न भएको छ । शुक्लागण्डकी नगरपालिका ८ सेतीनदी किनारमा सम्पन्न भएको अधिवेशनले पदमकुरमार श्रेष्ठको अध्क्षतामा २५ सदस्यीय वडा कमिटी चयन गरेको नगर अध्यक्ष रघुनाथ पौडेलले जानकारी दिनुभएको छ । अधिवेशन मार्फत उपाध्यक्षमा इश्वरी भण्डारी, सचिवमा विर बहादुर श्रेष्ठ, उपसचिवमा गोमा थापा र सोम प्रसाद श्रेष्ठ सर्वसम्मत भए । सदस्यहरुमा राजेन्द्र पौडेल, नबिन श्रेष्ठ, बिबेक वाग्ले, तेजेन्द्र विक, लोकनारायण श्रेष्ठ्, सुबिल श्रेष्ठ , सुनिता श्रेष्ठ ताम्राकार, बिजय गुरुङ, लक्ष्मी माया श्रेष्ठ, कमल लम्साल, नन्द थापा चयन भएका छन् । अधिवेशन नेकपा एमालेका प्रदेश कमिटी सदस्य कमल ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अधिवेशनलाई सम्बोधन गर्दै ढकालले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित हुने गरि क्रियाशिल बन्न नयाँ निर्वाचित कमिटीलाई निर्देशन दिनुभयो । उहाँले एमालेको संगठन बलियो हुदाँसमेत नगर र वडाको नेतृत्वमा एमालेले पराजय भोगिरहेको बताउदै चुनावी समिक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी तनहुँका उपसचिव खिम कुमाल, नगर कमिटी अध्यक्ष रघुनाथ पौडेल, युवा संघका संस्थापक सदस्य मोती प्रसाद पौडेल, जिल्ला कमिटी सदस्य नारायण श्रेष्ठ, नगर कमिटी सदस्य प्रकाश लामिछाने, वडा कमिटी सदस्य इश्वरी भण्डारी लगायतले पार्टीको संगठनलाई बलियो बनाउने गरि लाग्नुपर्नेमा जोड दिएका थिए ।
