व्यास नगरपालिकामा आजबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा वितरण कार्यक्रमको सुरु गरिएको हो।सो क्रममा बोल्दै नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास गरिएको बताउनुभयो । उहाँले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले परिचय पत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताउनुभयो। पहिलो चरणमा नगरपालिकाभरका नागरिकहरूको विवरण संकलन गरी परिचय पत्र वितरण गरिने र यो प्रक्रिया छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको थापाले बताउनुभयो ।उक्त कार्यक्रममा उप प्रमुख इन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर अधिकारी, वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।