तनहुँको भानुमा प्रथम भानु नगर महोत्सव आजबाट सुरु भएको छ। महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नु भएको छ । महोत्सवले नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मथलोको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएको ढकालले बताउनुभयो । भानु नगर उद्योग वाणिज्य संघको आयोजना तथा भानु नगरपालिकाको प्रबद्र्धकमा ‘कला, साहित्य शिक्षा र पर्यटन कृषि व्यापार उद्योग भानुको पहिचान’ भन्ने मूल नाराका साथ आगामी पौष १९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवमा साना तथा घरेलु उत्पादनहरुलाई विशेष प्राथमिकतामा राखिएको भानु नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।महोत्सवमा एक लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ भने विभिन्न किसिमका १२० वटा स्टलहरु महोत्सवमा रहेको श्रेष्ठले बताउनुभयो ।