डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् ।  सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन ।  अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए ।