बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ। श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउदै आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न साथै कामको खोजीमा रहेका व्यक्तीलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले श्रम बैङ्क कार्यन्वयनमा ल्याएको हो ।बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षामा शुक्रबार पालिकामा बसेको रोजगार संवाद मञ्चको बैठकमा कामदारलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन तथा गाउँपालिका भित्र रहेका सबै प्रकारका दक्ष अर्धदक्ष तथा अदक्ष व्यक्तीहरु र रोजगदाताहरुको विवरण एकिकृत रुपमा तयारी गरि रोजगार विनिमय कार्य संचालन गर्ने निर्णय गरेको छ । साथै बन्दीपुरका यूवाहरुलाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रम बजार र मागमा आधारित रोजगारमुलक सीप विकास कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
कामको खोजिमा रहेका व्यक्ती र कामदारको खोजिमा रहेका रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न ईच्छुक व्यक्तीहरुले क्युआर कोड स्क्यान गरि गुगल फर्मको लिङ्कमा गएर, वडा कार्यालय मार्फत वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सकिने गाँउपालिका अध्यक्ष सुरेन्द्रे थापाले जनाकारी दिनुभयो।
