तनहुँको बन्दीपुरमा पालिकाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले समन्वय गरेर वितरणको जिम्मा पालिकालाई दिएपछि सुरु गरिएको हो । मङ्गलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको प्रमुख आतिथ्यतामा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुङले संयुक्त रुपमा गाउँपालिकाको वडा नम्बर ४ का आनन्दबान जोशीलाई प्रदान गरी राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ। मङ्गलबार गाउँपालिका परिसरमा जोशी सहित पाँच जनालाई परिचयपत्र वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालयबाट बन्दीपुरमा २६०४ वटा परिचयपत्र आएको छ। अब केही दिनभित्र पाइक पर्ने ले गाउँपालिकाबाटै र अन्यलाई वडाबाटै परिचयपत्र वितरण गरिने गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो।
