आँबुखैरेनी गाउँपालिकाद्धारा संचालित आँबुखैरेनी अस्पतालले शल्यक्रिया सहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम संचालनका लागि स्वीकृत प्राप्त गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकु, काठमाण्डौंको मंसिर २६ गतेको निर्णय अनुसार आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ बमोजिम अस्पतालमा उक्त कार्यक्रम संचालन गर्न स्वीकृत प्राप्त गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जनाकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, विभागका निर्देशक डा बिबेक कुमार लाल तथा पत्रकार पबन पौडेलको विशेष सहयोगमा आँबुखैरेनी अस्पतालमा शल्यक्रिया सहितको प्रसुती सेबा प्रदान गर्न अनुमति पाएको उहाँले बताउनुभयो। । यस क्षेत्रका नागरिकहरु अब शल्यक्रिया सहितको प्रसुती सेबा लिन अन्यत्र बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको समेत गाँउपालिकाले जनाएको छ ।