व्यास नगरपालिका १३ कुकुरढुङ्गे स्थित कुकुरढुङ्गे छापडाँडा कृषक महिला समुहको भवन उद्घाटन गरिएकाे छ । आइतबार कुकुरढुङ्गे छापडाँडा कृषक महिला समुहकी अध्यक्ष ओश्मा थापाको अध्यक्षतामा भएकाे कार्यक्रमकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई साे भवनकाे उद्घाटन गर्नु भएकाे हाे । साे अवसरमा बाेल्दै भट्टराईले गाउँमा विकास कम भएकाले अहिले गाउँ रित्तिन थालेकाे यश प्रती सरकारवालाले ध्यान दिनुपर्नेमा जाेड दिनुभएकाे थियाे । कार्यक्रममा व्यास नपा वडा नम्बर १३ का वडा अध्यक्ष बसन्तबहादुर आलेले गाउँ विकासका लागि सबै मिलेर अगाडि बढ्नु पर्ने बताउनुभएकाे थियाे ।

त्यस्तै वडा सदस्य हरिश्चन्द्र पन्थ ,कमला धर्ती ,नेपाली काँग्रेस व्यास नगर समितिका सभापती सुर्यचन्द्र हड्खले, नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारी, तिलबहादुर थापा लगायतले गाउँ ,टाेल विकाशका लागि आफ्नो आफ्नो तहबाट सबै लाग्नुपर्नेमा जाेड दिनुभएकाे थियाे । साथै छापडाँडा झाक्रीथान मन्दिर समेत उदघाटन गरिएकाे छ ।
