नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा डिपी अधिकारी निर्वाचित हुनुभएकाे छ । शुक्रबार सम्पन्न भएकाे निर्वाचनमा डिपि अधिकारीले ३३ मत प्राप्त गरि विजयी हुनुभएकाे हाे । उपाध्यक्षमा प्रताप राना, सम्झना रसाईली , सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा ऋषिकान्त दुवाडी र किरण श्रेष्ठ, कोषाध्यक्षमा पुर्ण विक निर्वाचित हुनुभएकाे छ।
त्यस्तै सदस्यहरुमा सुनिता आचार्य, राजेश्वर हड्खले, विष्णु गौतम, विकास खनाल, उपेन्द्र खनाल, मुना कालिराज विक, चित्र वहादुर गुरुङ, रामशरण नेपाल निर्वाचित हुनुभएकाे छ। यसैगरि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्यमा शंकरराज नहकी, सुनिता थापा र मिला दरै निर्वाचित हुनुभएको छ भने महासंघको केन्द्रिय परिषद सदस्यमा प्रदिप काफले र राजकुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएकाे हाे ।