रोटर्‍याक्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६-२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन हुनुभएकाे छ ।बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६-२७ का लागि अध्यक्षमा चयन गरेको हो । रोटा वर्ष २०२६-२७ का लागि श्रेष्ठ अध्यक्षमा चयन भएको क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिनुभयाे ।

अध्यक्ष अधिकारीका अनुसार “चालु रोटा वर्ष २०२४-२५ मा श्रेष्ठ  प्रेसिडेन्ट नोमिनीका रुपमा रहनुहन्छ।”२०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबले जनाएको छ ।विगत ९ वर्षदेखि क्लबको विभिन्न पदमा क्रियाशिल श्रेष्ठले रोटा वर्ष २०२६-२७ मा क्लबको नेतृत्व सम्हाल्ने अवसर  पाउनु भएकाे हाे । रोटा वर्ष २०१६-१७ मा सदस्य पदबाट रोटर्‍याक्ट यात्रा थाल्नुभएकाे उहाँले यसअघि सहसचिव, कम्युनिटि सर्भिस डिरेक्सर, डिरेक्सर चियर, साप कोर्डिनेटर हुदै उपाध्यक्ष पदमा रहेर काम गरिसक्नुभएकाे छ।

साथै उहाँले रोटर्‍याक्ट डिष्टिकले आयोजना गर्ने अधिकाश कार्यक्रममा सहभागी भइसक्नुभएकाे छ भने क्लबले आयोजना गर्ने धेरै कार्यक्रमको संयोजकको भूमिका पनि निर्वाह गरिसक्नु भएकाे छ । उहाँले रोटर्‍याक्ट दमौलीको विद्यमान गरिमालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । सबैसँग सहकार्य र समन्वय गरि आफ्नो कार्यकाललाई रचनात्मक बनाउन पहल गर्ने श्रेष्ठले बताउनुभयो  । क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।