१२औँ नेशनल प्याब्सन खेलकुद महोत्सव आजबाट दमौलीमा सुरु भएको छ। नेशनल प्याब्सन तनहुँको आयोजनामा मंसिर २७, २८ र २९ गते सम्म हुनेगरी उक्त महोत्सव सुरु भएको हो । नेशनल प्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रमको प्रमुख अतिथि नेशनल प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष कर्ण बहादुर शाही रहनुभएको थियो । कार्यक्रममको उद्धघाटन गर्दै शाहीले खेलकुदले जात, धर्म ,संस्कृति सबैलाई जोड्ने भएकाले यो विद्यार्थीका लागि अति महत्त्वपूर्ण रहेको बताउनुभयो । विद्यार्थीलाई पुस्ताको ज्ञानले मात्र पर्याप्न नहुने भएकाले एथलेटिक्सलाई पनि प्रथामिकतामा राखी दैनिक प्रोयोगात्मक शिक्षाका रुपमा लागु गराउनुपर्ने शाहीले बताउनुभयो ।

कार्यक्रमा नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तिलक बहादुर चौहानले नेशनल प्याब्सन तनहुँका विद्यार्थी जिल्लामा शिक्षासँगै विभिन्न कृयाकलापमा पनि उत्कृष्ट भएकाले तनहुँवासीलाई गर्वको विषय भएको बताउनुभएको थियो । नेशनल प्याब्सनका केन्द्रीय कोष्धयक्ष प्रताप थापा , नेशनल प्याब्सनका केन्द्रीय सदस्य सन्त बहादुर तामाङ ,नेशनल प्याब्सन नवलपुरका अध्यक्ष रमेश अधिकारी लगाएतले खेलकुदले राष्ट्रिय भल्किउनुका साथै भविष्यमा नाम कमाउन सकिने भएकाले यस्तो कार्यक्रमलाई निरन्ता दिनुपर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा २५ वटा विद्यालयबाट ३ सय ८६ जना विद्यार्थीहरु खेलमा सहभागी हुने नेशनल प्याब्सन तनहुँका सचिव ऋषि के सीले जनाकारी दिनुभयो । उक्त महोत्सवमा एथलेटिक्स ,भलिबल लगाएका खेलहरु हुनेछन् ।


