अगामी मंसिर २९ गते शनिबार व्यास नगर मैत्रीपुर्ण ह्विलचेयर वास्केट बल प्रतियोगिता हुने भएको छ । सहृदयी मञ्च तनहुँ नेपालको आयोजना तथा व्यास नगरपालिका तनहुँको सहयोगमा पहिलो पटक सो प्रतियोगिता सञ्चालन हुन लागेको हो। अपाङ्गता भएका व्यक्तिहरूले खेल खेल्न सक्दैनन् भन्ने आम सोचलाई हटाउनको लागि प्रतियोगिता आयोजना गर्न लागेको सहृदयी मञ्च तनहुँ नेपाल अध्यक्ष सावित्री सुवेदीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिता शारीरिक अपांगता भएका व्यक्तिहरू विच हुनेछ ।
