तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लगत कसी हालसम्म फरार रहेका तनहुँका दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका वडा नं।०५ मुलाबारी हाल जिल्ला तनहुँ शुकलागण्डकी नगरपालिका वडा नं०७ खैरेनीटार तिमिल्सिनाचोक बस्ने ५४ बर्षय बिक्रम थापा र ब्यास नगरपालिका वडा नं०६ बाह्रबिसे बस्ने ५० बर्षय किशोर कुमार प्रधान रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । निजहरूको सम्बन्धित घर वतनमा लुकिछिपी बस्दै आएको अवस्थामा किशोर कुमार प्रधानलाई चेक अनादर मुद्धामा रु दुई हजार रुपैया र बिक्रम थापालाई जालसाजी मुद्धामा रु एकतिस हजार दुई सय पचास रुपैया जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताउनुभयो ।