इनरह्विल क्लब अफ दमाैलीकाे आयाेजनामा स्वीटर र शैक्षिक सामाग्री वितरण गरिएकाे छ । साेमबार व्यास ५ पाटन स्थित परासर माध्यामिक बिधालयका २४ जना विद्यार्थीलाई क्लवकी अध्यक्ष नारायणी मल्ल लगाएकाे टिमले स्वीटर र शैक्षिक सामाग्री वितरण गरेकाे हाे ।

साे कार्यक्रमकाे प्रमुख अतिथि व्यास ५ का वडा अध्यक्ष हिमाल श्रेष्ठ रहनु भएकाे थियाे ।

साे अवसरमा बाेल्दै श्रेष्ठले महिलाहरूद्वारा संन्चालित क्लबले समाजिक कार्य गर्दा गर्वकाे विषयभएकाे बताउनुभएकाे थियाे ।विद्यालयका प्र अ राम दत्त पौडेलले शैक्षिक सामाग्री वितरणका लागि आफ्नो विद्यालय छनाेट गरेकाेमा धन्यवाद व्यक्त गर्नुभएकाे थियाे ।

साे कार्यक्रममा क्लवकि पुर्वअध्यक्ष निर्मला मल्लले जहाँ अफ्ट्यारो परेकाे हुन्छ त्यहाँ सधैं इनरह्विल क्लब रहने बताउनुभएकाे थियाे ।

उक्त कार्यक्रममा क्लवका पुर्व अध्यक्ष सरू श्रेष्ठ ,प्रमिला श्रेष्ठ ,क्लबका टिम ,वडा सदस्य खिमबहादुर थापा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा थापा,पाटन टाेलका अध्यक्ष महेन्द्र गिरी लगाएतकाे उपस्थित रहेकाे थियाे ।







२०७२ सालमा स्थापना भएकाे क्लवले विभिन्न समाजिक कार्य गर्दै आएकाे छ ।

