सम्बन्द बिच्छेद मुद्धामा तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात हालसम्म फरार एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेका तनहुँ साविक जामुने गा वि स वडा नं ६ कायम म्याग्दे गाउँपालिका वडा नं ३ बस्ने बिष्णु बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । शाहीलाई खोजतलास गर्ने क्रममाआइताबार निजको सम्बन्धित घर लुकिछिपी बस्दै आएको अवस्थामा फेला पारी फरार पाँच सय रुपैया जरिवाना भुक्तानको लागी निजलाई सम्मानीत तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताउनुभयो ।
