तनहुँको आँबुखैरेनी गाऊँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहूँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले वडा नं २ निवासी वर्ष ८१ का रेशमराज भट्टराईलाई परिचयपत्र वितरण गरेर शुभराम्भ गर्नुभएको हो । आँबुखैरेनी गाऊँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष दुर्गा अर्याल र प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा,वडा नं।३ का वडा अध्यक्ष दिनेश केसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ४८ जना बढी नागरिकलाई परिचयपत्र प्रदान गरिएको र वितरण कार्य निरन्तर चलिरहने गाउँपालिका कार्यालयले जनाएको छ ।