आदिकवि भानुभक्त जन्मस्थल विकास समितिहरुको पद बहाली गरिएको छ । बुधबार आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा एक कार्यक्रमका बीच आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ लगाएत सदस्यहरुको पद बहाली गरिएको हो ।जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठ, सदस्यहरु नारायणी अधिकारी, अञ्जना तिमिल्सेना, आकाश अधिकारी, दिवाकर घिमिरे र पूर्णबहादुर लौडारीले पद बहाली गरेका छन्। उक्त कार्यक्रममा भानु नगरपालिकाप्रमुख अन्दाराज त्रिपाठी, उप प्रमुख उमा गोतामे, वरिष्ठ प्रशासकीय अधिकृत सुनिल पाण्डे लगाएतको उपस्थित रहेको थियो ।