नेपाल विद्यार्थी सङ्घ तनहुँको अध्यक्ष आशिष कैनी चयन हुनु भएको छ । कैनीले बुधबार अध्यक्षको जिम्मेवारी पाउनु भएको हो । नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष दुझाङ शेर्पाले कैनीलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको पत्र काठमाडौंमा प्रदान गर्नु भएको छ । व्यास नगरपालिका–११ पोल्याङ निवासी कैनी यस अघि कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो ।