चेक अनादर मुद्धामा सम्मानीत तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात फरार रहेका तनहुँका २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ब्यास ११ रानिगाँउ बस्ने बर्ष ४७ की रामेश्वरी भट्ट र ४७ बर्ष केशवराज पन्थ रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाकारी दिनुभयो । निजहरुको सम्बन्धित घर वतनमा लुकिछिपी बस्दै आएको भट्टलाई रु चार लाख रुपैयाँ तथा सोही बिगो बापतको २ बर्ष कैद हुने र केशवराज पन्थलाई रु एक हजार रुपैया जरिवाना भुक्तानको लागी सम्मानीत तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको थापाले बताउनुभयो ।
