दुई दिने सेल्फ स्किनकेयर तालिम दमौलीमा आजबाट सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा सो कार्यक्रम सोमबार र मंगलबार दमौलीमा संञ्चालन हुने छ । समितिको सभापति रोशनी पियाको सभापतित्वमा भएको कार्यक्रमको पूर्व सभापति भागिरथी अधिकारीको प्रमुख अतिथ्यमा कार्यक्रम गरिएको थियो । कार्यक्रमा बोल्दै अधिकारीले महिलाहरुका लागि श्रृङ्गारका साथै स्किनकेयर महत्वपुर्ण रहेको बताउनुभएको थियोे । सो कार्यक्रममा बोल्दै महिला उद्यमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्लले महिलाहरुले सेल्फ स्किनकेयरमा धेरै चासो नदिएको देखिने गरेको बताउनुभएको थियो । उहाँले आवश्यकता परेमा पार्लर गएर खर्च गर्ने तर हरेक दिन सामन्य हामीले आफ्नो स्किनकेयरमा ध्यान नदिने गरेको बताउनुभएको थियो ।



कार्यक्रमा निवर्तमान सभापति तथा हेमा व्युटि पार्लरकी संञ्चालिका शकुन्तला आलेले सेल्फ स्किनकेयर कसरी गर्ने , पार्टी मेकपको बारेमा प्रशिक्षण गर्नुभएको थियो । आलेले पार्लर संञ्चालन गर्दाको आफ्नो अनुभव र सेल्फ स्किनकेयर गरेमा आउने परिर्वतनको बारेमा चर्चा गर्नुहुनेछ । साथै कार्यक्रमा व्यास २ का वडा सदस्य साना रफत मियाले बेसिक लेवलको सेल्फ स्किनकेयर सबै महिलाले लिनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कपाललाई कसरी केयर गर्ने बारे प्रकाश पार्नुभएको थियो । उक्त तालिममा २५ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रम समितिको सचिव विमला श्रेष्ठले संञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिको उपसभापति संगिता प्रधानले गर्नुभएको थियो ।


