तनहुँका बिभिन्न मुद्धामा फरार रहेका २ जना प्रतिवादीहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेमा आबुखैरेनी गाउँपालिका ४ खस्राङ बस्ने नन्दबहादुर गुरुङ र म्याग्दे गाउँपालिका २ काफलथोक बस्ने आयुष घिमिरे रहेको जिल्ला प्रहरी कार्यलय तनहुँका सुचना अधिकारी अशोक थापाले जनाकारी दिनुभयो । अन्य चोरी र सार्वजनिक अपराध मुद्धामा सम्मानीत तनहुँ जिल्ला अदालतबाट फैसला पश्चात लुकिछिपी बस्दै आएकोमा आईताबार प्रहरीले निजहरुलाई पक्राउ गरेको थापाले बताउनुभयो ।साथै गुरुङलाई १ महिना कैद र रु सोह्र हजार आठ सय चालिस रुपैयाँ र अशोक घिमिरेलाई रु एक हजार रुपैया जरिवाना भुक्तानको लागि जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यलय तनहुँले जनाएको छ ।