तनहुँ जिल्ला ऋषिङ्ग गाँउपालिका वडा नं १ झापुटारमा बर्षै देखि यथावत रहेको खानेपानीको समस्या समधान हुने भएको छ । ऋषिङ्ग १ का अध्यक्षको विशेष पहलमा खानेपानी योजनाको सझौता पकृया अगाडी बढ्को छ । तनहुँ हाइड्रोपावरको लागतमा उक्त खानेपानी योजनाको पकृया अगाडी बढ्को ऋषिङ्ग गाँउपालिका वडा नं १ का अध्यक्ष कुश बहादुर थापाले जानकारी दिनुभयो । तनहुँ हाइड्रोपावरसंग समन्वाय गरि करिव २२ लाखको लागतमा यसै आर्थिक बर्षमा सम्पन्न हुने गरी सझौता पकृया अगाडी बढ्को अध्यक्ष थापाले बताउनुभयो । यस योजनाबाट माथिल्लो झापुटार र तल्लो झापुटारका करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित हुन सक्ने थापाले बताउनुभयो ।