व्यास नगरपालिका–२ मा स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको तनहुँ क्षेत्र नं १ का प्रतिनिधी सभासदस्य डा स्वर्णिम वाग्लेले उदघाटन गर्नुभयो थियो । सो कार्यक्रममा बोल्दै वाग्लेले सहकारीको ८८ अरब अपचलन हुँदा समेत राज्य हरेर मात्र बसेको आरोप लगाउनुभयो । राज्यले कुशासन र राजनीतिक प्रतिरोध साँध्ने किसिमले काम गरिएको उहाँले बताउनुभयो । सहकारी संचालनमा ०७४ सालको सहकारी ऐन कर्जा असुली न्यायधीकरण बनाउनु भनेपनि नबनाइएको उहाँले बताउनुभयो ।

सो कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष चूडामणि दाहाल,तनहुँ बचत तथा ऋण सहकारीका अध्यक्ष देवीबहादुर बस्नेत,राष्ट्रिय सहकारी बैक दमौलीका प्रमुख मनोज श्रेष्ठ,शेयर सदस्य सूर्यमाया श्रेष्ठ,मादीसेती एफ एमका अध्यक्ष सूर्यनाथ खनाल लगायतका वक्ताहरुले सहकारी विधि विधान अनुरुप चलाउनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सचिवको वार्षिक प्रतिवेदन,ऋण लगानी उपसमितिको वार्षिक प्रतिवेदन,व्यवस्थापक प्रतिवेदन,लेखा समितिको प्रतिवेदन,कोषाध्यक्षको प्रतिवेदन र शिक्षा उपसमिति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव पूर्ण बिके र अन्जु दाहालले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रामचन्द्र भट्टले गर्नुभएको थियो ।
