“तनहुँ महोत्सव हाम्रो आधार,आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मुल नाराका साथ नवौँ तनहुँ कृषि पर्यटन वस्तु तथा प्रविधि महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा यही पौष २५ देखि माघ ७ गते सम्म महोत्सव हुने मंगलबार पत्रकार सम्मेलन मर्फत जनाकारी गराईएको छ । महोत्सवमा कृषि प्रर्दशनी,पर्यटन,वातावरण संरक्षण, हस्ताकला प्रदर्शनी,साँस्कृतिक प्रदर्शनी,धार्मिक एंव ऐतिहासिक स्थलको प्रवद्र्धन,सांस्कृतिक नमुना ग्राम भ्रमण लगाएतका मुख्य गतिविधिहरु रहेको महोत्सवका मुल संयोजक बैकुण्ठनाथ मिश्रले बताउनुभयो ।
व्यापार व्यवसाय स्थापना संञ्चालन एंव स्तरोन्नती गर्न,उत्पादक र उपभोक्ताबीचको सम्बन्ध विस्तार गर्न, कृषि ,पर्यटन,हस्तकला ,उद्योग सम्बन्ध सीप र व्यवसायको सृजना गर्न, स्थानीय संस्कृती,भाषा,भेषभूषा संरक्षण गरी मौलिक संस्कृतिको विकास एंव संरक्षण गर्न, अधुनिक एंव नयाँ प्रविधि र उपकरणबारे जनाकारी गराउने महोत्सवको उदेश्य रहेको मिश्रले जनाकारी दिनुभयो ।महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने छ । सो महोत्सवमा करिब २लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रकम संकलन गर्ने अनुमान गरिएको महोत्सवका निर्देशक प्रविन्द्र कुमार श्रेष्ठले जनाकारी दिनुभयो । महोत्सव अवलोकनको लागि साधारण रु १ सय ,विद्यार्थी ७० शुल्क लाग्ने र ५ बजे पछि निः शुल्क प्रवेशको व्यवस्था गर्ने आयोजकले जनाएको छ । संघले २०६३ सालबाट महोत्सवको आयोजना गरेको थियोे ।