अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा दमौलीमा अपाङ्गता भएका ब्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ । अपाङ्गता दिवस मुल समारोह समितिको आयोजना तथा व्यास नगरपालिकाको सहयोगमा कार्यक्रम सम्पन भएको हो । व्यास नगर पा प्रमुख श्री बैकुण्ठ न्यौपानेले अपाङ्गता भएका ब्यक्तिहरुले आफ्नो अधिकार र विकासका लागि एकजुट भएर सशक्त ढंगले अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा रेडक्रस सोसाइटी तनहुँ बाट “ हाम्रो पनि कुरा छ“ शिर्षकमा सडक नाटक प्रस्तुत गरेका थिए भने बौद्धिक अपाङ्गता र बहिरा विद्यार्थीहरु बिच छुट्टाछुट्टै बेलुन फुटाइ र घैटे फुटाइ प्रतियोगिता गरिएको थियो । उक्त कार्यक्रममा व्यास नपा उपप्रमुख श्री इन्दिरा दरै, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख श्री विक्रम सुवेदी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सचिव कृष्ण प्रसाद अधिकारी, व्यास नगरपालिकाका जनप्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटी तनहुँका सभापति कृष्णहरि वाग्ले, गैरसरकारी संस्था महासंघ तनहुँको सचिव सरिता भण्डारी, लगाएत अन्य व्यक्तिहस्को उपस्थित रहेको थियो ।