कम्प्युटर एसोसिएसन नेपाल (क्यान) तनहुँको अध्यक्षमा सुशील कुमार श्रेष्ठ चयन हुनुभएको छ । तनहूँ जिल्ला शाखाको १२ औँ वार्षिक साधारण सभा तथा छैटौं जिल्ला अधिवेशन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा सीता पाण्डे, सचिबमा मिन बहादुर कुवँर, सह–सचिबमा उमेश भुसाल, कोषाध्यक्षमा राम प्रसाद भुसाल रामु, सदस्यहरूमा श्रवन श्रेष्ठ, कृष्ण प्रसाद भुसाल, रन्जन सुनार र पवन पौडेल सर्वसम्मत निर्वाचित भएका छन्।
