जेसिआई व्यास नगरले जेसीज सप्ताहन्त २०२४ सुरु गरेको छ । जेसिआईको पहिलो दिन व्यास नगरपालिका वडा नं ७ कलेस्ती स्थित व्यास नगर समता विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ ।
सप्ताहन्तको पहिलो दिन समता विद्यालयमा अध्ययनरत् ५५जना अभिभावकविहिन बालबालिकालाई जाडोमा प्रयोग हुने न्यानो कपडा वितरण तथा स्टेशनरी सामग्री वितरण गरिएको जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरीले जानकारी दिनुभयो ।
नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भट्टराईको प्रमुख अतिथ्यतामा समपन्न उक्त कार्यक्रममा विशिष्ट अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतिश न्यौपाने, नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १का सभापति श्याम मौतारी लगाएतले बोल्नुभएको थियो ।
तेसैगरी जेसिआई व्यास नगरले व्यास– १४ रुम्सी स्थित सामुदायिक होमस्टे प्रवद्र्धनको कार्यक्रम रहेको जेसिज सप्ताहन्तका मुल संयोजक पूर्ण विकले जानकारी दिनुभयो । सप्ताहन्तको समापन समारोह मंसिर ८ गते सोही होमस्टेलाई आवश्यक सामग्री सहयोग गरि गर्ने कार्यक्रम तय भएको बताईएको छ ।
